संसद अधिवेशन अन्त्यः एमाले विभाजन गर्ने अध्यादेश ल्याउन हतार गरिएको विपक्षीको आंशका

संसद अधिवेशन अन्त्यः एमाले विभाजन गर्ने अध्यादेश ल्याउन हतार गरिएको विपक्षीको आंशका

केन्द्रबिन्दु
0
Shares

सरकारले संघीय संसदको चालू अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य गरेको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको चालू अधिवेशन सोमबार राति १२ बजेबाट अन्त्य हुने व्यहोराको पत्र सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाए । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा पठाएको पत्र बाचन गर्दै भने, ‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिसमा संघीय संसद दुवै सदनको चालू अधिवेशन २०७८ साल साउन ३२ गते सोमबार राति १२ बजेदेखि अन्त्य गरेको छु ।’

सभामुख सापकोटाले राष्ट्रपतिको सो पत्र बाचन गरेपछि प्रतिनिधि सभाको चालू अधिवेशन सोमबार राति १२ बजेबाट स्वतः अन्त्य हुने घोषणा गरे । 

नेकपा एमालेका सांसद महेश बस्नेत लगायतले सरकारले हतारमा संसद अधिवेशन अन्त्य गरेर एमाले विभाजन गर्ने अध्यादेश ल्याउन लागेको आशंका गरेका छन् ।

Skip This
Skip This
Logo