फुटबल टिमबाट १० जना बाहिरिए

फुटबल टिमबाट १० जना बाहिरिए

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट १० जना खेलाडी बाहिरिएका छन् ।

साफ च्याम्पियनसिपको तयारीका क्रममा बन्द प्रशिक्षणमा रहेको टिमबाट भरत खवास, जर्ज प्रिन्स कार्की, रजिन धिमालसहित १० खेलाडी आउट भएका हुन् । एक महिना काठमाडौंमा बन्द प्रशिक्षण गराएका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सोमबार पोखराबाट २८ सदस्यीय टिम घोषणा गरेका छन् ।

अहिले नेपाली टिम पोखरा रंगशालामा बन्द प्रशिक्षणका क्रममा रहेको छ । नेपाली टिमबाट स्ट्राइकर खवास र कार्कीसँगै धिमाल, गोलकिपर विशाल सुनार, रन्दीप पौडेल, राजिव लोप्चन, संन्जोग राई, त्रिदेव गुरुङ, सेसेहाङ आङदम्बे र विक्रम लामालाई बाहिर पठाइएको छ ।

टिममा रहेका खेलाडी

किरण लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, अर्पण कार्की, सुमन अर्याल, दिनेश राजंवी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज ज्यू ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशिष लामा, अभिषेक रिजाल र शिशिर लेखी

Logo