प्रदेश नं १ को बजेट अधिवेशन अन्त्य

प्रदेश नं १ को बजेट अधिवेशन अन्त्य

केन्द्रबिन्दु
0
Shares

प्रदेश नं १ प्रदेशसभाको बजेट अधिवेशन अन्त्य भएको छ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश सरकारको सिफारिसमा सोमबार राति १२ बजेदेखि प्रदेशसभाको आठौँ तथा चालु बजेट अधिवेशन अन्त्य गरेका हुन्। 

नेपालको संविधानको धारा १८३ को उपधारा (२) अनुसार उनले अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशन गत जेठ २४ गतेदेखि सुरु भएको थियो।

Logo