प्रमुख प्रतिपक्ष नेकपा एमालेले आकस्मिक बोलाएकाे स्थायी कमिटी र संसदीय दलको आकस्मिक बैठक आज बस्दैछ ।
संसद् अधिवेशन अन्त्य गरिएपछि विकसित राजनीतिक परिस्थितिका कारण एमालेले दुवै बैठक बोलाएको हो ।
सोमबार साँझ बालकोटस्थित निवासमा आफूनिकट नेताहरुसँग छलफल गरेपछि एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक आह्वान गरेका हुन् ।
स्थायी कमिटी बैठक बिहान ११ बजे बोलाइएको छ । त्यो बैठक सकिएलगत्तै संसदीय दलको बैठक बस्नेछ । दुवै बैठक बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने जानकारी दिइएको छ ।





























प्रतिक्रिया