नेकपा एमाले विभाजनको डिलमा आइपुगेको अवस्थामा एमालेका उपाध्यक्ष भीम रावलले कविता लेख्दै पार्टी विभाजनविरुद्ध उभिन आह्वान गरेका छन्।
उनले ट्वीट गर्दै कवितामार्फत देशभरका नेता कार्यकर्तालाई पार्टी विभाजनविरुद्ध उभिएर ठण्डा दिमागले सोच्न आह्वानसमेत गरेका छन्।
रावलले २०७८ भदौ १ गतेको मितिमा लेखेको कवितामा आज हुने काम कुराले भोलि पश्चाताप नहोस् भन्दै पार्टी विभाजन आफ्नै लागि गलपासो हुन सक्ने सन्देश दिएका छन्।
रावल नेकपालाई सर्वोच्चले विभाजन गरिदिए देखि एमाले विभाजन हुन नदिन तथा माधव नेपालसहितको एमाले एकताका पक्षमा सक्रिय छन्। १० बुँदे सहमति नै एमाले एकताको आधार हो भन्दै आएका छन्।
उनले ट्वीटरमा लेखेका छन्, ‘कम्युनिष्ट पार्टीमा विगतका विभाजन र एकताका परिणामहरूलाई ठण्डा दिमागले स्मरण गर्नु विवेकसम्मत हुनेछ। पार्टी कुनै व्यक्ति विशेषको हुँदैन र व्यक्ति विशेषका गल्ती–कमीको आलोचना र विरोध गर्नु पार्टीको विरोध हो भन्ने माक्सवाद र कुनै सिद्धान्तले मान्दैन।’






























प्रतिक्रिया