नेकपा एमालेले पद मुक्त गरेका १४ जना सांसदको पद सभामुखको हातमा पुगेको छ। सभामुख अग्निप्रसाद सापकोटाले चाहे कारवाहीमा परेका वरिष्ठ नेता नेपालले नयाँ दल दर्ता गर्ने बोलासम्म रोक्न पाउँछन्।
यता नेकपा एमालेले माधव नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरी पदमुक्त गर्न संसद सचिवलालाई सूचना दिइसकेको छ। सोही कारवाही गरिएको व्यहोरा निर्वाचन आयोगमा समेत पुगिसकेको छ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४ मा कुनै सांसदलाई निष्कासन गरिएमा त्यसको निर्णयसहितको सूचना सम्बन्धित संसदीय दलले संसद सचिवालयलाई दिनुपर्ने व्यवस्था छ। जुन एमालेले गरिसकेको छ।
अब सो कारवाहीको सूचना सचिवालयले सभामुख समक्ष पेस गर्नुपर्छ। सचिवालयले आजै सभामुखलाई उक्त पत्र पेश गरिसकेको छ। सचिवालयले उक्त पत्र सभमुखसमक्ष पेश भएको स्वीकार गरिसकेको छ।
अब भने सभामुखले सो सूचना दर्ता भएको मितिले १५ दिनभित्र सदनलाई दिनुपर्ने कानूनी व्यवस्था छ । तर, संसद अधिवेशन सोमबार मध्यराति १२ बजेबाट अन्त्य भएको अवस्थामा सचिवालयले सूचनापाटीमा टाँस गर्नुपर्छ।
सभामुख सापकोटाले चाहेमा आजै वा भोलिबाट उनीहरू कारवाहीमा त पर्छन् तर, सभामुखले आलटाल गरे भने उनले नेपालले दल फूटाईसकेपछि मात्र सूचना टाँस गर्न अनुमति दिन्छन्, त्सो गरे माधव पक्षका कुनै पनि नेताको पद जाँदैन।
सभामुख सापकोटाले के गर्छन् त्यसको आधारमा उनीहरुको कारवाही प्रक्रिया अघि बढ्नेछ।
एमालेले विश्वासको मत दिने बेला माधव पक्षमा गएका प्रेम आले, किसान श्रेष्ठसहित ८ जनालाई जोगाएर माधव नेपालसहित १४ जनालाई मात्र कारवाही गरेको छ।





























प्रतिक्रिया