कांग्रेस नेता धनराज गुरुङलाई मातृशोकः गुरूङले भने, ‘हामीलाई स्तब्ध पारेर आमा जानुभयो’

कांग्रेस नेता धनराज गुरुङलाई मातृशोकः गुरूङले भने, ‘हामीलाई स्तब्ध पारेर आमा जानुभयो’

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य  धनराज गुरुङलाई मातृशोक परेको छ। नेता गुरुङकी आमा प्यारी गुरूङको ९२ वर्षको उमेरमा गएराति निधन भएको हो।

नेता गुरुङले सामाजिक संजाल फेसबुकमार्फत मंगलबार आमाको निधन भएको जानकारी दिएका हुन्। 

उनले भावपूर्वक लेखेका छन्, ‘आमा ! मलाई ठेस लाग्दा हजुरलाई दुख्ने थियो । मेरो दुःखमा हजुरको आँखा रसाउने गर्थे। पञ्चायती शासनका विरुद्ध लड्दा हजुरले मलाई ‘तिमी राजाको विरोधी भएका छौ रे ! मारी देला ! जोगिएर हिंड ! भन्नुहुन्थ्यो । ९२ वर्षको उमेरसम्म असीम माया र आशिर्वाद दिइरहनु भयो। तर आज स्तब्ध पारेर जानुभयो। आमा !!’

स्वर्गीय गुरुङको केही समयदेखि फोक्सोमा समस्या थियो। उपचारको क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा उनकाे निधन भएको हो ।

उनका ४ छोरा तथा १ छोरी छन्। छोरीको पनि यस अघि नै निधन भइसकेको छ। स्वर्गीय गुरुङको दाहसंस्कार बौद्ध परम्परा अनुसार अर्जुनचौपारी २, लामडाँडामा आज १ बजे अन्तिम संस्कार गरिने बताइएकाे छ।

Logo