माधव नेपालको पार्टीमा गएको छैन, हस्ताक्षर किर्ते गरियोः प्रदीप नेपाल

माधव नेपालको पार्टीमा गएको छैन, हस्ताक्षर किर्ते गरियोः प्रदीप नेपाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले विभाजनपछि माधव नेपाल नेतृत्वको एमाले समाजवादीको केन्द्रीय सदस्य राखिएका नेता प्रदीप नेपालले आफू माधवकुमार नेपालको पार्टीमा  नरहेको बताएका छन् । 

केन्द्रीय सदस्यको सूची सार्वजनिक भएलगत्तै नेता नेपालले आफू एमालेको झगडामा कतै पनि नरहेको भन्दै व्यक्तिगत स्वतन्त्रता कसैको अधिनमा नराख्ने सामाजिक सञ्जालमार्फत जनाएका छन् । 

नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य प्रदीप नेपाल पार्टीको विवादमा दुवै पक्षमा खुलेका थिएनन्।
 

Logo