प्रदेश नं १ मा सार्वजनिक सवारी साधनको भाडा वृद्धि, १६ देखि २३ प्रतिशतसम्म बढ्याे

प्रदेश नं १ मा सार्वजनिक सवारी साधनको भाडा वृद्धि, १६ देखि २३ प्रतिशतसम्म बढ्याे

केन्द्रबिन्दु
0
Shares

प्रदेश नं १ सरकारले प्रदेशस्तरमा चल्ने सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गर्ने निर्णय गरेको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले यात्रुवाहक सवारी साधनमा २२ प्रतिशत, तराईको बाटोमा मालवाहकमा २३ प्रतिशत र पहाडी बाटोमा मालवाहकमा १६ प्रतिशत भाडादर वृद्धि गरेको मन्त्रालयका महाशाखा प्रमुख रामप्रसाद फुँयालद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। 

प्रदेशभित्रका विभिन्न रुटमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारीको भाडादर मन्त्रालयको भदौ १ गते बसेको मन्त्रिस्तरीय बैठकले निर्णय गरी सोही मितिदेखि लागू हुने सूचनामा उल्लेख गरिएको छ।

Logo