ललितपुरको मालपोत कार्यालय २३ गतेसम्मका लागि बन्द

ललितपुरको मालपोत कार्यालय २३ गतेसम्मका लागि बन्द

केन्द्रबिन्दु
0
Shares

ललितपुर ।

कोरोना भाइरसको प्रभावका कारण ललितपुरको मालपोत कार्यालय भोलि १९ गते सोमबारदेखि असोज २३ गतेसम्मका लागि बन्द हुने भएको छ ।

ललितपुर मालपोत कार्यालयमा कार्यरत तथा सेवा दिने कर्मचारीहरुलाई समेत कोरोना संक्रमण देखिएकाले कार्यालयका अन्य कर्मचारी तथा सेवा लिन आउने सेवाग्राहीहरुको सुरक्षाका लागि तथा अरुलाई कोरोना नफैलियोस भनेर कार्यालयबाट हुने कामकाजहरु १९ गतेदेखि २३ गतेसम्म बन्द गरिएको प्रमुख मालपोत अधिकृत शालिकराम आचार्यले जनाएका छन् ।

Logo