टोटेनह्याम पराजित

टोटेनह्याम पराजित

केन्द्रबिन्दु
0
Shares

टोटेनह्याम हट्सपर युइएफए युरोपा कन्फरेन्स लिग अन्तर्गत बपहीबार पोर्चुगलको पाकोस फरेरासँग १-० ले पराजित भएको छ ।

पोर्चुगलमा भएको खेलकाे पहिलो हाफमा लुकास सिल्भाले गरेको गोल नै पाकोसका लागि जित दर्ता गर्न पर्याप्त रहयो ।

पहिलो हाफको अन्तिम मिनेटमा भालेन्ते सान्तोसको पासमा सिल्भाले गोल गरेका थिए ।टोटेनह्यामले खेल अवधिभर बल पोसेसनमा पकड जमाए पनि आक्रमणमा भने निकै कमजोर हुँदा हार व्यहाेर्नुपर्‍यो ।

दोस्रो लेग अर्को साता टोटेनह्यामको मैदानमा हुनेछ । दुई लेगको प्लेअफबाट विजयी हुने टोलीले यूईएफए युरोपा कन्फरेन्स लिगको समूह चरणमा स्थान बनाउनेछ ।

Skip This
Skip This
Logo