तटस्थ बसेका एमालेका आठ स्थायी कमिटी सदस्यहरूको बैठक बस्दै

तटस्थ बसेका एमालेका आठ स्थायी कमिटी सदस्यहरूको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

नयाँ पार्टी गठन गर्ने माधवकुमार नेपालको निर्णयमा साथ नदिएका एमाले स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरूको बैठक आज बस्दैछ। उनीहरू यसअघि माधव नेपाल पक्षमा खुलेका थिए, तर पार्टी विभाजन भएपछि उनीहरू अहिले तटस्थ छन्।

तथापि उनीहरूले एमालेले १० बुँदे एकता प्रस्ताव अक्षरक्ष पालना गर्नुपर्ने भन्दै बिहीबार साँझमात्रै पनि विज्ञप्ति जारी गरेका थिए। 

बैठकबारे एमालेका एक नेताले आठ जना स्थायी कमिटी सदस्य भीम रावल, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृत बोहोरासहित २ दर्जन केन्द्रीय सदस्यको बैठक महाराजगञ्जमा बस्न लागेको बताए।

बैठकबाट एमाले विवाद समाधान कार्यदलले बनाएको १० बुँदेको अक्षरशः पालना गर्न र गत फागुन २८ यता भएका सबै निर्णय खारेज गर्न अपिल गर्ने गरि निर्णय गर्न अध्यक्षलाई अपिल गर्नै बुझिएको छ।

तटस्थ पक्षले अध्यक्ष केपी शर्मा ओली त्यसो गर्न तयार नभए विद्रोह गर्नेसम्मको धारणा बनाएको छ।

यसअघि बिहीबार साँझ विज्ञप्ति जारी गर्दै एमालेका ८ जना स्थायी कमिटी सदस्यले नेपाल समूहका १४ सांसदलाई गरेको कारबाही ओलीले फिर्ता लिनुपर्ने र नयाँ पार्टी गठनको प्रक्रियाबाट माधव नेपाल पछि हट्नुपर्ने बताएका थिए।

Logo