आज चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

आज चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

केन्द्रबिन्दु
0
Shares

हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको हुँदा बिहानैदेखि बागमती, गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । 

शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ। प्रदेश १, बागमती, लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

आज राति प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Logo