‘आर्थिक विकास र शान्तिको लागि कोरियाली प्रायदीपको पुनर्मिलन आवश्यक’

‘आर्थिक विकास र शान्तिको लागि कोरियाली प्रायदीपको पुनर्मिलन आवश्यक’

केन्द्रबिन्दु
0
Shares

अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलनको तेस्रो सिरीज सम्पन्न भएको छ। आर्थिक विकास र शान्तिको लागि कोरियाली प्रायदीपको पुनर्मिलनका सन्दर्भमा बिहीबार र शुक्रबार दुई दिने भर्चुअल सम्मेलन सम्पन्न भएको हो।  

कोरियाली प्रायदीपको शान्तिपूर्ण पुनर्मिलनको वातावरण बनाउन युनिर्भसल पीस फडेरेसनको आयोजनामा थिक टयाँक २०२२ ग्लोबल फोरमले एशिया व्यासफिक स्तरिय नेतृत्व सम्मेलनमा तीन दर्जनभन्दा बढी राष्ट्रका हजारौं व्यक्तिले सहभागिता रहेको छ भने ४० भन्दा जना वक्ताहरूले दूई कोरियाबीचको पुनर्मिलनको सम्भाब्यताबारे बोलेका थिए। सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञहरूले सम्बोधन गदै कोरिया पुनर्मिलनको बारेमा ऐक्यबद्धता प्रकट गरेका थिए।

भर्चुअल सम्मेलनमार्फत भएको अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलन र थिंक ट्यांक २०२२ ग्लोबल फोरमले कोरियाली प्रायद्वीपमा आर्थिक विकासको सम्भावनाहरु, एशियामा यसको प्रभाव र विश्व शान्ति को लागी भुमिकाको बारेमा सम्बोधन गरिनेछ। सम्मेलनमा नेपालका प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरियाली प्रायद्वीपको एकीकरणले कोरियाको प्रगतिमा मात्र योगदान पुर्याउँछ भन्ने हैन पूर्वोत्तर एशिया र विश्वको शान्ति र समृद्धिलाई पनि सहयोग पुर्याउने बताए। 

सम्मेलनमा पूर्वमन्त्री एकनाथ ढकालले कोरियाली प्रायदिपको शान्तिपूर्ण पूर्नमिलनको लागि सामाजिक अभियानहरू सञ्चालन गरेको बताउँदै दुवै कोरियाको एकिकरण विस्तारै सम्भव बन्दै जाने बताए। युपीएफ एशिया प्यासफिकका अध्यक्षसमेत रहेका ढकालले दुवै देशका नेताहरूले एक आपसमा पटक पटक भेटवार्ता गर्ने र सम्वन्धलाई थप मजबुद बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको बताउँदै यस्ता कार्यक्रममार्फत कोरियाली प्रायदीपको पुनर्मिलनलाई सहयोग गर्ने बताए।

संबिधानसभा सदस्य उदय नेपाली श्रेष्ठ लामो विभाजित र प्राविधिकरूपमा युद्धमा रहेका कोरियाली प्रायद्वीपका राष्ट्रहरूबीच शान्तिमय पुनर्मिलनको व्यवहारिक समाधान खोज्नका लागि आवश्यक रहेको बताए। सम्मेलनमा भारतीय जनता पार्टीका नेता बिजय जोली, बासिङटन टाइम्सका अध्यक्ष म्याक डेबिट, नेपालका लागि पूर्वभारतीय राजदूत केबी राजन प्रोफेसर सिर्जना थापा लगायताका बत्ताहरुले बोलेका थिए।

सम्मेलनलाई अंग्रेजी, नेपाली, रसियन, खमेर, थाई लगायत सात भाषामा अनुवाद गरिएको सम्मेलनको प्रत्यक्ष तथा विभिन्न सामाजिक सञ्जालको माध्यमबाट लाखौं जनाको सहभागिता रहेको थियो।

युनिभर्सल पीस फेडरेशन संयुक्त राष्ट्र संघको आर्थिक र सामाजिक परिषदसँग सामान्य परामर्श दाता  एक गैरसरकारी संगठन हो। जसले अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलन र थिंक ट्यांक २०२२ ग्लोबल फोरमको माध्यमाबाट दुबै कोरियाको पूनमिलनको विभिन्न आयामकोबारेमा बहस चलाउँदै आएको छ। आठ वटा सत्रमा भएको सम्मेलनमा  विभिन्न क्षेत्रका विषयगत विज्ञहरुले आफ्नो धारणा राखेका छन्। 

Logo