सुनसरीकाे देवानगंज गाउँपालिका-२ मध्यहर्षाईस्थित पेट्रोल पम्पबाट १०० रुपैयाँ दरका १६ थान नक्कली नेपाली नोटसहित २ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत अररिया रामनगर बस्ने ४० वर्षीय नबल किशोर पाल र ३२ वर्षीय सुमन पाल छन् । बीआर ५० एस ८४०६ नम्बरको मोटरसाइकमा सवार उनीहरूलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय देवानगंजले जनाएकाे छ ।





























प्रतिक्रिया