नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पुर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई आफूले धोका नदिएको बताएकी छन् । उनी बागमती प्रदेशकाे मुख्यमन्त्रीमा एमालेकाे प्रस्तावमा नियुक्त भएपछि पदकाे लोभमा माधव समूह त्यागेकाे आरोप लागिरहेकाे बेला यस्तो बताएकी हुन् ।
एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले मुख्यमन्त्री बनेर आफू अध्यक्ष केपी शर्मा ओली समूहमा नलागेको स्पष्ट पारिन् ।
उनले भनिन्, ‘लामो समयसम्म फलाना नेतालाई साथ दिएर लाग्ने, अनि मुख्यमन्त्री पाएपछि त अर्कोतिर भनेर भन्नु भयो, यो गलत कुरा हो । गलत सन्देश दिने काम नगरी दिनुहोस् ।’
उनले आफूलाई अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको साथ रहेको बताइन् । उनने भनिन् ‘म मुख्यमन्त्री हुनुमा दुवै नेताहरुको साथ छ । सहमति छ ।’
साथै पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्ने बित्तिकै एमाले एकजुट भएरअघि बढने विश्वास समेत व्यक्त गरिन् ।































प्रतिक्रिया