नेपाली कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धीको विवाद समाधान भएकाे जनाएकाे छ ।
कांग्रेस केन्द्रीय समिति बैठकले विवादित क्रियाशील सदस्यता सम्बन्धी काम सहमतिमै टुंग्याउने जिम्मेवारी कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकलाई दिएको थियो ।
भदौ ३ भित्र क्रियाशील विवाद टुंग्याउनुपर्ने जिम्मेवारी लिएका उनीहरूले शनिबार बेलुकी विवाद टुंग्याएर आइतबार सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी छ ।
आज अपरान्ह ५ बजेतिर सभापति देउवालाई प्रतिवेदन बुझाउने एक नेताले बताए ।































प्रतिक्रिया