नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा नभएर एमालेमै रहेको उनको सचिवालयले जनाएको छ ।
उपाध्यक्ष गौतम नेकपा एकीकृत समाजवादीमा गएको प्रचार गरेर चरित्र हत्या गर्न खोजिएको भन्दै सचिवालयले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएको हो ।
गौतमका स्वकीय सचिव दीपक टमाटाले उल्लेख गरेका छन्, ‘सामाजिक सञ्जालमा, पत्रपत्रिका तथा सामाजिक सञ्जालमा वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितको ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नुबाहेक केही होइन । गौतम अहिलेसम्म एमालेमै रहेको र नेकपा एमाले नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वाभाविक हो ।’
बजारमा भइरहेको प्रचारप्रसारमा कुनै सत्यता नरहेको पनि टमाटाले जनाएका छन्। तर गत साता मात्रै गौतम नेपालले गठन गर्न लागेको नेकपा एकीकृत समाजवादीलाई आफ्नो समर्थन रहने जनाएका थिए ।





























प्रतिक्रिया