जनैपूर्णिमा मनाउन कुम्भेश्वर मन्दिर परिसरमा भक्तजनहरूकाे भीड (फाेटाेफिचर)

जनैपूर्णिमा मनाउन कुम्भेश्वर मन्दिर परिसरमा भक्तजनहरूकाे भीड (फाेटाेफिचर)

केन्द्रबिन्दु
0
Shares

जनैपूर्णिमाका अवसरमा आइतबार ललितपुरको बङ्गलामुखी कुम्भेश्वर महादेव मन्दिर परिसरमा भक्तजनहरूकाे भीड लागेकाे छ। आज बिहानैदेखि यहाँ भीड लागेकाे हाे।

हरेक वर्ष श्रावण महिनाको शुक्ल पूर्णिमामा मनाइने जनै पूर्णिमा अर्थात् ऋषि तर्पणी आज यज्ञोपवित धारण गरेर, रक्षा बन्धन बाँधेर र क्वाँटी खाएर मनाइँदैछ।

काठमाडौंको पशुपतिनाथसहित देशभरका मन्दिरहरुमा आज जनै लगाउने र रक्षासूत्र बाँध्नका लागि भक्तजनहरुको भीड लागेको छ। आजकै दिन दिदीबहिनीले आफ्ना दाजुभाईलाई दीर्घायुको कामना गर्दै राखि बाँधिदिने र दाजुभाईले दिदीबहिनीलाई यथासख्य दक्षिणा दिने चलन छ। 

आजको दिन वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरुले नदी, तलाउ, पोखरी र मन्दिरमा गएर स्नान गरी व्राह्मण पुरोहितसँग रक्षासूत्र बाँध्ने र वैदिक मन्त्रोशूक्तिले मन्त्रिएका जनै लगाउने चलन छ। 

यसरी वैदिक मन्त्रोच्चारण गरेका जनै र रक्षासूत्र बाँधेमा नकारात्मक प्रभाव नपर्ने विश्वास छ। आजको दिनमा बाँधिएको रक्षासूत्र तिहारमा लक्ष्मी पूजाका दिन खोलेर गाईको पुच्छरमा बाँधे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ। 

सत्ययुगमा दानवहरुद्वारा लखेटिएका देवताहरुलाई गुरु वृहस्पतिले रक्षा बन्धन तयार गरेर बचाएकोले देवताहरु अति बलवान भएको र दानवराज बलीलाई बाँध्न सफल भएको भन्ने शास्त्रोक्त कथन छ। सोही कथनअनुरुप बलवान र दीर्घायुको कामना गर्दै वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरुले जनै पूर्णिमाका दिन जनै धारण गर्ने, रक्षासूत्र बाँध्ने र क्वाँटी खाने गर्दछन्। 

तस्बिरहरूः रासस

Logo