माओवादी केन्द्रका रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकिए

माओवादी केन्द्रका रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकिए

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र)ले विभिन्न प्रदेशका रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी तथा सबै जिल्लामा इन्चार्ज तोकेको हो। त्यसैगरी बैठकले विभागको प्रमुख पनि तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। जिल्ला समन्वय समितिको संयोजक तोक्ने काम भने सम्बन्धित प्रदेशलाई दिइएको उनले बताए। 

बैठकले पार्टीलाई व्यवस्थित र विधिसंगत रुपले सञ्चालन गर्दै अन्य कम्युनिष्ट शक्तिहरुसँग एकता र ध्रुविकरणको लागि वार्ता गर्न पहल गर्ने निर्णय गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए। उनले भने,‘हाम्रो पार्टीलाई व्यवस्थित गर्ने, विधिसंगत् ढंगले, संस्थागत ढंगले सञ्चालन गर्ने र यसको क्रान्तिकारी रुपान्तरण गर्ने कुरालाई केन्द्रबिन्दूमा राख्दै अरु सबै कम्युनिष्ट क्रान्तिकारी शक्तिहरुसँग पनि एकता र ध्रुविकरणको निम्ति वार्ता गर्न, पहल गर्न आवश्यक प्रक्रिया अगाडी बढाउने पनि निर्णय गरेको छ।’

मन्त्रिपरिषद् विस्तारको सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै प्रवक्ता श्रेष्ठले माधवकुमार नेपालले निर्वाचन आयोगमा दर्ता गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीको दर्ता प्रक्रिया पुरा भइसकेपछि मन्त्रिपरिषद् बिस्तार हुने बताए।

Skip This
Skip This
Logo