२ गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो युभेन्ट्स

२ गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो युभेन्ट्स

केन्द्रबिन्दु
0
Shares

इटालियन सिरी ए को आफ्नो पहिलो खेलमा युभेन्ट्स बराबरीमा रोकिएको छ ।

आइतबार राति सम्पन्न खेलमा युभेन्ट्स युडिनेजीसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

युडिनेजीको मैदानमा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्सले अंक बाड्नु परेको हो ।

खेलको तेस्रो मिनेटमा पाउल डिबलाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । २३ औं मिनेटमा जुवान कोर्डाडोले गोल गर्दै युभेन्ट्सलाई २-० को अग्रता दिलाए ।

तर, खेलको ५१ औं मिनेटमा रोबर्टो पेरिय्राले गोल गर्दै युडिनेजीलाई २-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ८३ औं मिनेटमा जेरार्ड डेउलोफेउले गोल गर्दै हारबाट जोगाए ।

युभेन्ट्सले र युडिनेजीले पहिलो खेलमा १/१ अंक जोडेको छ ।

 

Logo