पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढ्यो

पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढ्यो

केन्द्रबिन्दु
0
Shares

नेपाल आयल निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य प्रतिलिटर २  रुपैयाँ बढाएकोछ।

भारतबाट मूल्य बढेर आएको जनाउँदै आज राति १२ बजेदेखि बढेको मूल्य लागू हुने गरी निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य बढाएकाे हाे ।

निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ कायम भएकाे छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ भने आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ८६ रुपैयाँ पुगेको छ।

खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको छ। अब ग्यासको मूल्य प्रतिसिलिण्डर १४५० रुपैयाँ पर्नेछ। अन्तर्राष्ट्रियतर्फको हवाइ इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर १६ ले बढाइएको छ। 

Skip This
Skip This
Logo