दिनरात जनताको जिउधनको सुरक्षामा सक्रिय रहनु पर्ने नेपाल प्रहरी आफैँ असुरक्षित भएको पाइएको छ। जिल्लाका १५ ठाउँमा रहेका प्रहरी चौकीहरु अहिले पनि भाडाको जिर्ण भवनमा बस्न बाध्य भएका हुन्। हिउँदयाममा चिसो र बर्षायाममा पानीका कारण सुखसँग आफूहरु बस्न नपाएको प्रहरीले बताएका छन्। बाथरुम, शौचालय र खानेपानीको समस्य पनि उस्तै रहेको प्रहरीको गुनासो छ।
आफ्नै भवन भएको ठाउँमासमेत छाना चुहिँदा बस्न योग्य नभएको प्रहरीले पटकपटक गुनासो गरेपनि मागको सुनुवाइ भएको छैन। चुहिने कच्ची भवनमा सास्तीकासाथ दैनिक प्रहरीहरु सेवामा जुटिरहेको छन्। जिल्लाको सदरमुकाम रहेको भेरी नगरपालिका–४ स्थित जिल्ला प्रहरी कार्यालयसँगै रहेको भवन जिर्ण हुँदा कतिखेर भत्किन्छ भनेर रातभर निन्द्रा नलाग्ने गरेको प्रहरी बताउँछन्।
भेरी नगरपालिकाको स्यालामा भाडाको भवनमा बसिरहेका छन्। त्यस्तै वडा नम्बर १ रिम्नामा आफ्नै भवन भएपनि खानेपानीको अभावमा समस्य हुँदै आएको डिएसपी मधु थापाले बताए।
त्यस्तै भेरी नगरपालिका –११ जगतीपुर , वडा नम्बर १२ को मटेला, वडा नम्बर १३ मा खरको छानो चुहिने, खानेपानी र शौचालयको समस्य रहेको छ। भेरी नगरपालिका–३ ठाटीमा भवनको अभाव तथा पहिरोको जोखिममा रहेका कारण समस्य हुँदै आएको छ।
भेरी नगरपालिका–३ स्यालमा भाडाको घरमा बसेर सुरक्षा दिनुपरेको छ । त्यस्तै वडा नम्बर– १ को रावतगाउँ होलुखोलमा भाडाको रहेका प्रहरी चौकीमा सेवा दिइरहेको बताएको छ ।
पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका–५ गर्खाकोटमा भाडाको घर र वडा नम्बर ९ पन्चाला दहमा जिर्ण भवनमा बसेर काम भइरहेको र शौचालयको समस्याले गर्दा हैरान भएको प्रहरीले बताएका छन्। बारेकोट गाउँपालिकाको १, २, ५ र ८ मा भाडाको भवनमा आफूहरु बस्न बाध्य भएको प्रहरीले बताएको छ।
त्यस्तै नलगाड नगरपालिका–८ मैदेमा भाडामा रहेको भवनमा शौचालय नहुँदा समस्य भएको बताएको छ। वडा नम्बर ११ मा समेत भाडामै घरमा प्रहरी चाैकी रहेको छ। त्यस्तै कुशे गाउँपालिका–३ अछार्नीमा रहेको प्रहरी चौकीमा बाथरुम नहुँदा प्रहरीलाई सरसफाइमा समस्या पर्नुका साथै भान्सा पानी चुहिने हुँदा खाना पकाउन मुस्किल हुने गरेको छ। भाडामा रहेको यो भवन कच्ची माटोले बनेका कारण दैनिक समस्य हुँदै आएको प्रहरीले बताएको छ।
छेडागाड नगरपालिका–३ दशेरामा रहेको प्रहरीको आफ्नै भवन चुहिँदा प्रहरीलाई सुत्न समस्य हुँदै आएको छ। शिवालय गाउँपालिका–१ छेडाचौरमा भान्सा घर चुहिँदा खाना पकाउन मुस्किलका साथै खानेपानीको अभावमा भेरी नदीको फोहर पानी पिउन बाध्य भएको प्रहरीले बताएको छ। वडा नम्बर–५ को थालारैकरको भवनसमेत भाडामा रहेको छ।
गाउँमा रहेको प्रहरी चौकीमा बत्ती, खानेपानी लगाएको समस्य हुँदै आएपनि समस्य बुझने कोही नभएको उनीहरुको भनाइ छ। सदरमुकामस्थित जिल्ला कार्यालयबाट गाउँमा रहेका प्रहरी चौकीमा सम्पर्क गर्न खोजे पनि समयमै सम्पर्क हुन नसक्ने अवस्था रहेको जाजरकोटका प्रहरी प्रमुख मधु थापाले बताए। पर्याप्त दरवन्दीसमेत नभएका कारण दैनिक काममासमेत बाधा पुग्दै आएको छ। आकाशमा बादल लाग्न बितिकै प्रहरी चौकीहरुमा सम्पर्क टुट्ने गरेको प्रमुख थापाले जानकारी दिए। बस्न, खानाका साथै सुत्नका लागिसमेत निकै अप्ठ्यारो हुँदै आएको छ।
प्रहरीको सञ्चार सेट तथा नेपाल टेलिकमका सेवाले काम नगर्दा दैनिक कामकारवाहीमा समस्य भोग्नु परेको प्रहरीले बताएका छन्। आफूहरु बसेको गाउँमा कच्ची माटाले बनेका घर कति बेला भत्किन्छ भन्ने डरले चिन्ता हुने गरेको डिएस्पी थापाको भनाइ छ।न्युज कारखानाबाट





























प्रतिक्रिया