न्यूजिल्याण्डका क्रिकेट कप्तान विलियम्सन शीर्ष स्थानमा यथावत

न्यूजिल्याण्डका क्रिकेट कप्तान विलियम्सन शीर्ष स्थानमा यथावत

केन्द्रबिन्दु
0
Shares

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले अपडेट गरेको नयाँ वरियतामा न्यूजिल्याण्डका कप्तान केन विलियम्सन टेस्ट क्रिकेटको ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा यथावत रहेका छन् ।

इंग्ल्यान्डका जोए रुटलाई पछि पार्दै विलियम्सन शीर्ष स्थानमा रहेका हुन् ।

अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथ तेस्रो स्थानमा रहेका छन्  ।  यस्तै अष्ट्रेलियाकै मार्नुस लाबुस्चाग्ने चौथो र भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली पाँचौं स्थानमा छन् ।

पाकिस्तानका कप्तान बाबर आजम वरियतामा फड्को मार्दै सातौं स्थानमा उक्लिएका छन् । भारतका रोहित शर्मा छैटौं स्थानमा रहदा ऋषव पन्त आठौं, डेभिड वार्नर नवौं र क्विन्टन डी कक दशौँ स्थानमा रहेका छन् ।

बलिङतर्फ प्याट कमिन्स शीर्ष स्थानमा

बलिङतर्फ अष्ट्रेलियाका प्याट कमिन्स शीर्ष स्थानमा यथावत रहेका छन् । भारतका रविचन्द्र आश्विन दोस्रो, न्यूजिल्यान्डका टिम साउथी तेस्रो स्थानमा छन् । अष्ट्रेलियाका जोस हाजलउड चौथो र न्यूजिल्याण्ड निल वाग्नेर पाँचौं स्थानमा छन् ।

अलराउण्डरतर्फ वेष्ट इन्डिजका जासन होल्डर शीर्ष स्थानमा छन् भने इंग्ल्यान्डका बेन स्टोक्स दोस्रो र भारतका रबिन्द्र जडेजा तेस्रो स्थानमा रहेका छन् । त्यस्तै, भारतका रविचन्द्र आश्विन चौथो र बंगलादेशका शाकिब अल हसन पाँचौ स्थानमा छन् ।

Logo