टोकियो पारालिम्पिकः अष्ट्रेलिया पदक तालिकाको शीर्ष स्थानमा

टोकियो पारालिम्पिकः अष्ट्रेलिया पदक तालिकाको शीर्ष स्थानमा

केन्द्रबिन्दु
0
Shares

ओलम्पिकको समापन समारोहको १६ दिनपछि जापानले टोकियो २०२० पारालिम्पिक खेलहरुको रुपमा आफ्नो अर्को विश्व खेलकुद आयोजना गरिरहेको छ।

मंगलबार जापानको टोकियोमा एक भव्य कार्यक्रमकाबीच टोकियो पारालिम्पिकको औपचारिक उद्घाटन गरिएको थियो । अघिल्लो वर्ष आयोजना हुनु पर्ने यस प्रतियोगिता पनि ओलम्पिक जस्तै कोरोना भाइरस महामारीको कारण एक वर्षपछि धकेलिएको थियो। 

अन्तर्राष्ट्रिय पारालिम्पिक कमिटी(आईपीसी) का अनुसार अगस्ट १४ देखि सेप्टेम्बर ५ सम्म हुने टोकियो पारालिम्पिकमा ४ हजार ४ सय ३ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। जसमा २ हजार ५ सय ५० जना पुरुष खेलाडी र १ हजार ८ सय ५३ जना महिला खेलाडीहरु सहभागी छन्। यसपटक १ सय ६२ राष्ट्रका खेलाडीले ५ सय ३९ पदकको लागि प्रतिस्पर्धा गर्ने छन्। टोकियो पारालिम्पिकमा २२ खेल समावेश गरिएको छ ।

पारालिम्पिकको दोस्रो दिन आज बुधबार साँझसम्म पदक तालिकाको शिर्ष स्थानमा अष्ट्रेलिया रहेको छ । अष्टे«लियालाई चीनले पछ्याइरहेको छ। अष्ट्रेलियाले ६ स्वर्ण पदक , एक रजत पदक र तीन कास्य पदकसहित कुल १० पदक हात पारेको छ। पदक तालिकाको दोस्रो स्थानमा रहेको चीनले पाँच स्वर्ण, एक रजत र २ कास्यसहित कुल ८ पदक जितेको छ। 

यस्तै तेस्रो स्थानमा रसियन पारालिम्पिक कमिटी तेस्रो स्थानमा रहेको छ। आरपीसीले ३ स्वर्ण, एक रजत र २ कास्यसहित कुल ६ पदक हात पारेको छ । त्यस्तै चौथों स्थानमा रहेको इटालीले २ स्वर्णसहित एक रजत र दुई कास्य हात पार्दै कुल ५ पदक जितेको छ । 

एउटा स्वर्ण पदक जित्ने राष्ट्रको संख्या ५ रहेको छ । जसमा युक्रेन, ग्रेट ब्रिटेन, ब्राजिल, नेदरल्याण्ड र बेलारुस छन्। 

पारालिम्पिकमा नेपालबाट पनि पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले प्रतिस्पर्धा गर्दैछिन् । पलेशाले के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन्।

उद्घाटनको मार्च पासमा पलेशाले नेपालको झण्डा बोकेकी थिइन्। पारालिम्पिकमा सहभागिता जनाउन १ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली टोकियो पुगिसकेका छन्।

पारालिम्पिकमा कविराज नेगी लामा प्रशिक्षक, दीपक विष्ट अफिसियल, सरोज श्रेष्ठ सेफ दि मिसन, डा. दीपक श्रेष्ठ फिजियो र विश्वास बस्नेत कोभिड लाइसेन्स अफिसरका रुपमा सहभागी भएका छन्।  

‘वर्गीकरण पारालिम्पिक आन्दोलनको आधारशिला हो, यसले निर्धारण गर्दछ कि कुन खेलाडीहरु एक खेलमा प्रतिस्पर्धा गर्नको लागी योग्य छन् र कसरी खेलाडीहरुलाई प्रतिस्पर्धाको लागी एकसाथ समुहबद्ध गरिएको छ ।’आईपीसीले भनेको छ। 

Logo