संसद्को स्थिरताका लागि अध्यादेश ल्याइएको हो: मन्त्री कार्की

संसद्को स्थिरताका लागि अध्यादेश ल्याइएको हो: मन्त्री कार्की

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेश संसद्को स्थिरताका लागि भएको सरकारका प्रवक्ता तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्। 

सुनसरीको कोशी गाउँपालिका–३ स्थित जङ्गली जनावरबाट पीडित भएकासँग बुधबार छलफल गर्दै मन्त्री कार्कीले अध्यादेश संसद्को स्थिरताका भएको दावी गरे। उनले भने, “सरकारले ल्याएको अध्यादेश कुनै पार्टी फुटाउन नभई संसद्को स्थिरताका लागि हो, यो बाध्यात्मक अवस्थाको उपज हो ।”

गठबन्धनको संस्कृतिलाई बलियो बनाएर लैजाने विषयमा छलफल जारी रहेकाले सरकार विस्तारमा ढिलाइ भएको बताउँदै प्रवक्ता कार्कीले वर्तमान सरकारले छिट्टै पूर्णता पाउने विश्वास दिलाए। कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रको विस्तार र स्थानीयको समस्या बुझ्न उनी यहाँ आएका हुन्।

Skip This
Skip This
Logo