एमाले प्रदेश १ संसदीय दलको नेतामा चयन भएका भीम आचार्यलाई भ्रातृशोक परेको छ।
मुख्यमन्त्रीसमेत रहेका शेरधन राईको प्रस्तावमा एमाले प्रदेश १ संसदीय दलको नेतामा बिहीबार सर्वसम्मत चयन भएका भीम आचार्यलाई भ्रातृशोक परेको हो।
आचार्यका भाइ रामप्रसाद आचर्य मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार रामप्रसाद आफ्नै कोठामा मृत भेटिएका हुन्।
कोठाको ढोकाको चुकुल लगाएर सुतिरहेको अवस्थामा उनको शव भेटिएको हो।
भीम आचार्यलाई प्रदेश १ को मुख्यमन्त्री बनाउने गरी संसदीय दलको नेतामा चयन गरिएकै दिन भाइ रामप्रसाद मृत फेला परेका हुन्। यस विषयमा प्रहरीले अनुसन्धान भइरहेकाे जनाएकाे छ। न्युज कारखानाबाट





























प्रतिक्रिया