काबुलमा अमेरिकी मिसन रोकिँदैन : जो बाइडन

काबुलमा अमेरिकी मिसन रोकिँदैन : जो बाइडन

केन्द्रबिन्दु
0
Shares

अफगानस्थानको राजधानी काबुलस्थित विमानस्थलमा भएको आतंकवादी हमलापछि अमेरिका क्रूध भएको छ । बिहीबार साँझ भएका दुई विस्फोटमा ६० जनाको ज्यान गएको छ ।

चार अमेरिकी सैनिकसहित १३ जना आफ्ना नागरिक मारिएपछि राष्ट्रपति जो बाइडनले हमलाकारीलाई नछाड्ने चेतावनी दिएका छन् ।

पेन्टागनका अनुसार अमेरिकी सैनिकका लागि यो हमला सन् २०११ यताकै सबैभन्दा खतरनाक हो। बाइडनले भनेका छन्,'यो हमलाको पछाडि जो सुकै होस्, हामी पत्ता लगाएरै छाड्ने छाै‌ं। यसको मूल्य हमलाकारीले चुकाउनुपर्नेछ । हामी माफ गर्ने छैनाैं।'

अमेरिकीलाई आफ्नो काममा आतंकवादीले राेक्न नसक्ने बताउँदै उनले काबुलमा अमेरिकी मिसन नरोकिने बताएका छन् । मान्छेलाई सुरक्षित साथ अफगानिस्थानबाट बाहिर निकालिने उनले बताए । काबुल विमानस्थलको हमला इस्लामिक स्टेट समूहले लिएको बिबिसीले जनाएकाे छ । 

Logo