देउवा र पौडेलबीच भेटवार्ता हुँदै, क्रियाशील सदस्यता विवाद समाधानबारे छलफल हुने

देउवा र पौडेलबीच भेटवार्ता हुँदै, क्रियाशील सदस्यता विवाद समाधानबारे छलफल हुने

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच आज भेटवार्ता हुने भएको छ।

पार्टीको क्रियाशील सदस्यता सम्बन्धि विवाद तत्काल टुंगो लगाई महाधिवेशन समयमै सम्पन्न हुने गरी प्रक्रिया सुरु गर्न दवाव दिँदै आएका वरिष्ठ नेता पौडेलले आज अपरान्ह सभापति देउवासँग भेट गर्ने समय मिलाएका हुन्। शुक्रबार बिहान चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको आफू पक्षीय नेताहरुको बैठकको निर्णय अनुसार उनले पार्टी सभापति देउवासँग भेट गरी पार्टीको क्रियाशील सदस्यतासम्बन्धि बाँकी विवाद तत्काल टुंगो लगाई महाधिवेशनको प्रक्रिया छिटो सुरु गर्न दवाव दिन लाग्नु भएको नेता डा.मिनेन्द्र रिजालले जानकारी दिए। 

बैठकमा पार्टीका जिल्ला सभापतिहरुको माग अनुसार छिटो क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरी महाधिवेशनको प्रक्रिया सुरु गर्न सभापति देउवालाई दवाव दिने निर्णय गरिएको थियो। 

नेपाली कांग्रेसको महाधिवेशन बैधानिक ढंगले आगामी मंसिर ९–१३ गते सम्पन्न गर्न यही भदौ १८ गते देशभरको वडा अधिवेशन सम्पन्न गर्नु पर्ने हुन्छ। तर क्रियाशील सदस्यतामा देखिएका बाँकी विवाद अझै समाधान नहुँदा यसको बैधानिकतामाथि नै प्रश्न उठन सक्ने भन्दै पौडेल पक्षले क्रियाशील सदस्यताको बाँकी विवाद छिटो टुंगो लगाएर पार्टी महाधिवेशनको प्रक्रिया छिटो टुंगो लगाउन सभापति देउवालाई दवाव दिँदै आएको छ। 

Logo