नेकपा (एकीकृत समाजवादी)काे स्थायी कमिटीमा ५ जना

नेकपा (एकीकृत समाजवादी)काे स्थायी कमिटीमा ५ जना

केन्द्रबिन्दु
0
Shares

नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीले पाँच सदस्यीय अन्तरिम स्थायी कमिटी गठन गरेको छ ।

एमालेबाट फुटेर दलको मान्यता पाएकाे एकिकृत समाजवादीकाे स्थायी कमिटीमा यसअघि एमालेको स्थायी कमिटीमा रहेका नेताहरूलाई नै राखिएको छ ।

स्थायी कमिटी सदस्यमा माधवकुमार नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, वेदुराम भुसाल र प्रमेश हमाल रहेका छन् ।

छिटै राष्ट्रिय भेला बोलाउने र त्यस लगत्तै राष्ट्रिय परिषद्मार्फत स्थायी समिति सदस्य, पोलिटब्युरो सदस्य तथा पदाधिकारीको टुंगो लगाउने एकिकृत समाजवादीले जनाएको छ ।

Skip This
Skip This
Logo