कलेजहरूको भिडबाट माथि उठेर विद्यार्थीको सुरक्षित भविष्यका लागि २५ वर्षअघि स्थापित किष्ट कलेजले गौरव गर्न लायक छुट्टै परिचय स्थापित गरिसकेको छ। काठमाडौंको कमलपोखरीमा अवस्थित यस शैक्षिक संस्थाले उत्कृष्ट कलेजमा आफ्नो नाम सूचीकृत गराउन सफल भएको छ।
शिक्षा क्षेत्रमा गहिरो अनुभव सँगालेका व्यक्तित्वहरूद्वारा स्थापित यस कलेजको उत्तीर्ण दर ९० प्रतिशतभन्दा बढी छ। स्नातक तहमा बिबिए, बिआइएम, बिबिएस, बिएस्सी, बिआइटीको पढाइ हुँदै आएको भए पनि किस्टको परिचय ‘प्लस टु’ शिक्षाले नै निर्माण गरेको हो। सन् १९९५ मा स्थापना भएको यस कलेजले कक्षा ११ र १२ मा विद्यार्थीलाई विज्ञान र व्यवस्थापन संकायमा अध्यापन गराउँदै आएको छ।
जहिले पनि विद्यार्थी केन्द्रित कार्यक्रममार्फत् व्यावहारिक तथा अनुसन्धानमूलक शिक्षामा जोड दिइएको कलेजका प्रिन्सिपल डा. नवरथ बानियाँको भनाइ छ। ‘हामीले सञ्चालन गरेका कार्यक्रमले विद्यार्थीको शैक्षिक आवश्यकता पूर्तिमा टेवा पुगेको छ। त्यही भएर जेहेन्दार र करिअरप्रति सचेत विद्यार्थीको रोजाइमा हाम्रो कलेज पर्ने गरेको छ,’ प्रिन्सिपल डा. बानियाँले कलेजको प्रगति सुनाए।
किस्ट कलेजबाट हालसम्म १० हजारभन्दा बढी विद्यार्थीले स्नातक तह पूरा गरिसकेका छन्। ती विद्यार्थीहरू आ–आफ्नो ठाउँमा स्थापित हुनुले कलेजको व्यावहारिक र मौलिक शिक्षण पद्घतिलाई पुष्टि गर्छ।
कलेजको भौतिक पूर्वाधार उत्कृष्ट र आधुनिक छ। पुस्तकालय, सुविधासम्पन्न विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, महिला तथा पुरुष होस्टल, क्यान्टिनलगायत विविध सुविधाका कारण किस्ट कलेज उत्कृष्ट ‘प्लस टु’ तथा अब्बल कलेजका रूपमा रहेको छ।
नियमित कक्षाबाहेक विभिन्न सेमिनार र कार्यशालासहितको आधुनिक शिक्षा कलेजका मुख्य पक्ष हुन्। कलेजले विद्यार्थीको व्यक्तित्व विकासमा टेवा पुर्याउँदै आएको छ।
किस्टले यस्ता गतिविधिमार्फत् विद्यार्थीलाई कोर्सअनुसारको पढाइसँगै व्यावसायिक सफलताका लागि अत्यावश्यक ज्ञान र सीप हस्तान्तरण गरेको देखिन्छ। समग्रमा एउटा विद्यार्थीलाई जिम्मेवार र दक्ष नागरिक बनाउनु नै किष्ट कलेजको मूल उद्देश्य हो।
प्रिन्सिपल डा. बानियाँ भन्छन्, ‘विद्यार्थीको सर्वाङ्गीण विकासलाई ध्यानमा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौं। त्यसबाट विद्यार्थीमा विभिन्न खालका परिवर्तन ल्याउन सफल भएकाले हामी सन्तुष्ट छौं।’
आगामी दिनमा पनि व्यावहारिक शिक्षण विधिमार्फत् सिकाइलाई प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्ने प्रिन्सिपल डा. बानियाँको धारणा छ। उनी भन्छन् ‘सबै शिक्षण विधिलाई विद्यार्थीमाझ प्रभावकारी ढंगले पस्किन्छौं ताकि त्यसले उनीहरूको सिकाइमा निखार ल्याउन मद्दत गरोस्।’
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला































प्रतिक्रिया