सेनिटाइजर पिउँदा कैलालीमा एक जनाकाे मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका-१२ का टीकाराम बराइलीको उपचारका क्रममा शुुक्रबार मृत्युु भएको हो । प्रहरीका अनुसार उनले भदौ ९ गते सेनिटाइजर पिएका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुुसार सेनिटाइजर पिएका बराइली स्वास्थ्यमा समस्या देखिएपछि शुुक्रबार जुुगेडामै स्थानीय मेडिकलमा पुगेका थिए ।
त्यहाँ समान्य उपचारपछि घर फर्किएका उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि त्यसैराति धनगढीकै निसर्ग अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया