इन्टरनेटमा एक मिनेटभित्र के-के हुन्छन्?

इन्टरनेटमा एक मिनेटभित्र के-के हुन्छन्?

केन्द्रबिन्दु
0
Shares

अहिले इन्टरनेट एकदमै व्यस्त छ। संसारभरका कम्प्युटरहरूको यस सञ्जाल मानवजीवनको महत्वपूर्ण अंग नै हुन पुगेको छ। 

‘व्यस्त’ भनिएको इन्टरनेट कति चाहिँ व्यस्त छ त? इन्टरनेटको अस्तव्यस्तताबारे सामान्य चित्रण यसमा एक मिनेटभित्र हुने गतिविधीबाट अनुमान लगाउन सकिन्छ। 

लोरी लिविसले संकलन गरेर ‘अल एक्सेस’ वेबसाइटमा प्रकासित गरेको तथ्यांकअनुसार सन् २०२१ मा इन्टरनेटमा एक मिनेटभित्र निम्न गतिविधी हुन्छन्ः 

० भिडियो प्लेटफर्म युट्युबमा ५ सय घण्टा बराबरको भिडियो अपलोड
० १९ करोड ७६ लाख इमेल आदनप्रदान
० अनलाइन डेटिङ एप टिन्डरमा २० लाख वटा ‘स्वाइप’
० १६ लाख अमेरिकी डलर बराबरको कारोबार 
० ५ हजार टिकटक एप डाउनलोड
० फेसबुक मेसेन्जर र ह्वाट्सएप मार्फत् ६ करोड ९० लाख सन्देश 
० इन्स्टाग्रममा ६ लाख ९५ हजार ‘स्टोरी’ सेयर 
० नेटफ्लिक्समा २८ हजार सब्स्क्राइबर सक्रिय 
० ‘लिंक्डइन’मा ९ हजार १ सय ३२ कनेक्सन 

Skip This
Skip This
Logo