एकीकृत समाजवादीकाे संसदीय दलको नेतामा माधव नेपाल सर्वसम्मतरूपमा चयन

एकीकृत समाजवादीकाे संसदीय दलको नेतामा माधव नेपाल सर्वसम्मतरूपमा चयन

केन्द्रबिन्दु
0
Shares

नव गठित नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको नेतामा अध्यक्ष माधव नेपाल सर्वसम्मतरूपमा चयन भएका छन्।

एमालेबाट अलग भएर एकीकृत समाजवादी गठन गरेपछि पहिलोपटक बसेको आफ्नो पार्टी संसदीय दलको बैठकबाट नेपाल संसदीय दलको नेतामा चयन भएका हुन्। बैठक आज बसेकाे थियाे ।

बैठकमा बाेल्दै अध्यक्ष नेपालले आफूहरूले कुनै पार्टीसँग एकता नगर्ने बताएका छन् । पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बाहिर हल्ला भएजस्तो आफूहरु कुनै पार्टीसँग एकता नगर्ने बताएका हुन्। 

पार्टीभित्र लोकतान्त्रिक पद्धतिलाई स्वीकार्दै अगाडि बढ्ने भन्दै उनले देश र जनताको हितका लागि क्रियाशील रहने  पनि बताए । 

आउँदो पुस्तालाई जिम्मेवारी सुम्पिँदै अघि बढेकाे बताएका उनले फिँजाइएका भ्रमलाई चिर्ने जानकारी दिए। राष्ट्र र जनताको स्वार्थ नै आफूहरूको स्वार्थ रहेको बताउँदै उनले वाह्यमुलुकहरूसँग हातेमालो गर्दै अघि बढ्ने पनि बताएका छन्। 

यस्तै साे पार्टीका राष्ट्रिय सभा संसदीय दलको नेतामा वेदुराम भुसाल सर्वसम्मत चयन भएका छन्। 

Skip This
Skip This
Logo