कालिकोटमा जीप दुर्घटनाः चालकको मृत्यु, ११ जना घाइते

कालिकोटमा जीप दुर्घटनाः चालकको मृत्यु, ११ जना घाइते

केन्द्रबिन्दु
0
Shares

कर्णाली करिडोरअन्तर्गत कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–२ आमतडामा जीप दुर्घटना भएको छ। दुर्घटनामा चालकको मृत्यु हुनुका साथै ११ जना घाइतेको भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

दुर्घटनामा परी गाडी चालक सान्नीत्रिवेणी–१ का विक्रम गिरी भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

घाइते हुनेमा रास्कोट नगरपालिका–९ का नरपति लुवार, लक्ष्मी बराल, जगत तिरुवा, प्रेम बराल, लोक लुवार, रास्कोट नगरपालिका–७ का कमलराज शाही र सान्त्री त्रिवेणी गाउँपालिका वडा नं. ६ का बदे संज्याल, रत्न सज्याल, सुन्दर सज्याल, तिलक संज्याल पचालझरना गाउँपालिकामा अनिता शाही रहेको उद्धारमा खटिएका ललितजंग बमले बताए।न्युज कारखानाबाट

Skip This
Skip This
Logo