बेलायतद्वारा काबुलबाट आफ्ना सबै नागरिक फिर्ता

बेलायतद्वारा काबुलबाट आफ्ना सबै नागरिक फिर्ता

केन्द्रबिन्दु
0
Shares

बेलायतले तोकिएको समयभित्रै अफगानिस्तानको राजधानी काबुलबाट आफ्ना सबै नागरिक स्वदेश फिर्ता गरेको छ। 

शनिबार काबुलबाट बेलायती सेना बोकेको अन्तिम जहाज लन्डनतर्फ उडेको थियो। बेलायती सेना बोकेको अन्तिम विमान उड्नुअघि काबुलबाट अफगानिस्तानका लागि बेलायती दूत स्वदेश फर्किएका थिए। यससँगै बेलायतमा अफगानिस्तानको २० वर्ष लामो सैन्य आबद्धता अन्त्य भएको छ। 

पछिल्लो दुई सातामा काबुलबाट पाँच हजार सेनासँगै २२ सय बालबालिका र बेलायती सेनाका ८ हजार पूर्वकर्मचारी तथा उनका सन्तान छन्। 

गत जनवरीमा अमेरिकी सेना र तालिवानबीच कतारको दोहामा भएको शान्ति सम्झौतामा अमेरिकी नेतृत्वको विदेशी सेनाले ३१ अगस्टभित्र अफगानिस्तानबाट आफ्ना सम्पूर्ण सेना फर्काउनुपर्ने उल्लेख छ। 

तोकिएको समयभित्र सबै सेना फिर्ता नगरे कारबाही गरिने तालिवानले चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले दुई दिनभित्र आफ्ना सबै सेना र अफगानिस्तानमा रहेका नागरिक काबुलबाट फिर्ता गर्न तीब्र गतिमा कार्य भइरहेको बताएका छन्।न्युज कारखानाबाट

Skip This
Skip This
Logo