जंगलमा काठ काट्न नपाएपछि चँदारा जातिको ठेकी बनाउने पेसा संकटमा

जंगलमा काठ काट्न नपाएपछि चँदारा जातिको ठेकी बनाउने पेसा संकटमा

केन्द्रबिन्दु
0
Shares

बाजुरामा आलो काठबाट विभिन्न किसिमका सामग्री पछिल्लो समय लोभ हुँदै गएको छ। काठको काम गरेर जीविकोपार्जन गर्ने स्थानीयले पछिल्लो समय सोबाट बन्ने सामग्री बनाउन नपाउँदा समस्या भएको छ। सामुदायिक वनले आलो काठ काट्न नदिँदा व्यवसायीहरु थप समस्यामा पर्ने गरेका छन्। 

सुदूर र कणार्ली प्रदेशका पहाडी जिल्लामा काठको काम गरेर जीविकोपार्जन गर्नेहरुको पेसा पछिल्लो समय संकटमा परेको छ। आलो काठबाट मोही पार्ने ठेकी, पीठो मुछ्ने कोसी, कचौरा बनाएर आफ्नो गुजारा चलाउने चँदारा जातिको सामुदायिक वनले काठ काटे कारबाही गर्ने भएपछि पेसा संकटमा परेको हो। स्वामीकार्तिक खापर गाउँपालिका–३ ठूलापाटाका दल चँदाराका अनुसार उपभोक्ता समितिले काठ काट्न नदिँदा धेरैले यो पेसा छाडिसकेका छन्।

चँदाराले भने, ‘काठका कोसी, मुसल, ठेकी फुरु, गिला र कचौरा बनाएर गाउँमा त्यसमा भरेर खाद्यान्न साटेर आफ्नो दैनिकी चलाउने गरेका थियौं। अहिले यो पेसाले घरधन्दा नचल्ले भएपछि हामीले भारत गएर चौकीदारी गर्नुको विकल्प छैन। हरेक गाउँमा सामुदायिक वनले आवश्यक पर्ने काठ काट्न नदिने र काठ काट्दा थाहा पाएमा डण्ड जरिवाना गर्ने र सामग्रीहरु लुटिदिने भएकाले समस्या भएको छ। पछिल्लो पुस्ताले त्यो पेसालाई ग्रहण गर्न सकेको छैन।’

परम्परागत रुपमा चँदारा जातिले यसैबाट दैनिक गुजारा चलाउँदै आएका थिए। तर पछिल्लो समय बजारमा स्टिलका सामान आउने आगरेका छन्, सजिलो हल्का हुने भएकाले स्थानीयले काठको सामानको प्रयोग कम गर्ने गरेका छन्। परम्परागत पेसालाई आधुनिकीकरण गर्न नसक्नु र कतैबाट सहयोग नपाएका कारण पछिल्लो समय चँदारा जातिको काठका समान बनाउने पेसा संकटमा परेको हो।

सो जातिले वर्षभरि खलोको भरमा काठका सामग्री उत्पादन गरेर काठको सामान दिने र त्यसमा भरेर ल्याएको अन्नले आफ्नो परिवार पाल्ने गर्दछन्।

भाडीमा ठेकी किन्न आएका अरबिन्द्र सिंहले भने, ‘गाउँमा काठको भाँडा नपाएर मात्र स्टिको भाँडा प्रयोग गर्नुपर्ने बाध्यता छ। गाईभैसीको दूध काठको भाँडामा जति मिठो हुन्छ, त्यति मिठो स्टिलको भाँडामा हुँदैन, गाउँमा भाँडी (काठको सामान कोर्ने मेसिन) चलाउने कमै छन्। पहिलेको जस्तो जहाँतहीँ पाइँदैन।’न्युज कारखानाबाट

Skip This
Skip This
Logo