९ करोड बराबरको कोकिनसहित ३ विदेशी पक्राउ

९ करोड बराबरको कोकिनसहित ३ विदेशी पक्राउ

केन्द्रबिन्दु
0
Shares

आठ करोड ८९ लाख ८० हजार बराबरको दुई केजी ९६६ ग्राम लागूऔषध कोकिनसहित तीन जना विदेशी नागरिक पक्राउ परेका छन् ।   

कोकिनको कारोबारमा संलग्न रहेको अभियोगमा दक्षिण अफ्रिका, भारत र ताञ्जानियाका नागरिकलाई पक्राउ गरिएको तथा जिल्ला अदालत काठमाडौँबाट हिरासतमा राख्ने अनुमति लिएर थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्यूराले आज जनाएको छ । 

कतार एयरको उडानद्वारा जोहानेसबर्गबाट कतार हुँदै भदौ ३ गते दिउँसो काठमाडौं आएकी दक्षिणअफ्रिकी नागरिक शेर्ली गामालाई ब्यूरोको टोलीले भदौ ३ गते राति काठमाडौँ महानगरपालिका–१ कमलादीस्थित एक होटलबाट उक्त परिमाणको कोकिनसहित पक्राउ गरेको हो । 

कोकिनको कारोबारका लागि सोही होटलमा आएका भारतीय नागरिक विजय सिंहलाई भदौ ८ गते कमलादीबाट तथा ताञ्जेनियाका नागरिक गेर्तुदे लियोनार्ड किमारोेलाई भारततर्फ भाग्दै गरेको अवस्थामा सिन्धुली खुर्कोटबाट भदौ ९ गते पक्राउ गरिएको ब्यूरोले बताएको छ । 

Skip This
Skip This
Logo