आज पनि दिनभरि पानी पर्ने, भाेलिबाट माैसममा सुधार आउने सम्भावना

आज पनि दिनभरि पानी पर्ने, भाेलिबाट माैसममा सुधार आउने सम्भावना

केन्द्रबिन्दु
0
Shares

नेपालमा सोमबार पनि मनसुनी वायुको प्रभाव रहेको छ। जसकारण बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको छ।

पछिल्लो तीन/चार दिनको झरीपछि मौसममा केही सुधार भए पनि पानी भने पर्ने देखिन्छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो धेरै स्थानमा वर्षाको सम्भावना छ। लुम्बिनी, बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना पनि छ। तर, शनिबारको जस्तो भारी वर्षाको सम्भावना भने नरहेको महाशाखाले जानकारी दिएको छ।

मंगलबार मौसममा थप सुधार आउने छ। मंगलबार सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

Skip This
Skip This
Logo