माओवादी केन्द्रलाई सबैभन्दा ठूलो राजनीतिक शक्ति बनाइनेः वाइसियल नेता

माओवादी केन्द्रलाई सबैभन्दा ठूलो राजनीतिक शक्ति बनाइनेः वाइसियल नेता

केन्द्रबिन्दु
0
Shares

वाइसियल नेपालका नेता, कार्यकर्ताहरुले आगामी निर्वाचनमा आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र)लाई सबैभन्दा ठूलो दल बनाउने प्रतिवद्धता जनाएका छन् । 

काठमाडौंमा जारी राष्ट्रिय भेलामा सहभागी भएका उनीहरुले युवाहरुलाई परिचालन गरेर आगामी निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो राजनीतिक शक्तिको रुपमा स्थापित गराउने प्रतिक्रिया दिएका हुन् । सोही काममा नेतृत्व दिन सक्ने व्यक्तिलाई संगठनको नेतृत्वमा ल्याउनुपर्ने वाइसियलका नेता, कार्यकर्ताहरुको पार्टी नेतृत्वसँग माग छ । 

आगामी निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो शक्तिको रुपमा स्थापित गराउने गरी युवाहरुलाई परिचालन गरेर अघि बढने योजनासहित आफूहरु परिचालित हुने वाइसियल नेपाल भक्तपुरका संयोजक नरेश वाईबाले बताए । उनले त्यसका लागि देशभरका युवाहरुलाई परिचालन गरेर जनतामाझ जान सक्ने नेतृत्वको आवश्यक्ता रहेको बताए ।

सिन्धुपाल्चोकका वाइसियल संयोजक रुपेन्द्र आचार्यले आगामी निर्वाचनमा देशको पहिलो राजनीतिक पार्टी माओवादी केन्द्रलाई बनाउने गरी आफ्नो संगठनलाई सशक्त बनाएर अघि बढने बताए । उनले त्यसका लागि वाइसियल नेपालले मुलुकभर राजनीतिक पहुँच वृद्धि गरेर अघि बढ्नुपर्ने भएकाले सोही अनुसारको नेतृत्व बनाउनुपर्नेमा जोड दिए ।

उता, मकवानपुरकी जिल्ला संयोजक अनु लामाले युवाहरुलाई सक्षम र दक्ष बनाएर माओवादी केन्द्रलाई मुलुकको पहिलो पार्टी बनाउन वाइसियल नेपालले ध्यान केन्द्रित गर्नुपर्ने आवश्यक्ता औंल्याए । 

वाइसियल नेपालको जारी राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रिय कार्यसमिति र अध्यक्षसहित ३५ जना पदाधिकारी चयन गर्नेछ । मूल नेतृत्व सहमतिमै चयन गर्न पार्टी नेतृत्वले प्रयास गरिरहेको पनि वाइसियल, नेपालले जनाएको छ ।
 
    

Skip This
Skip This
Logo