माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका प्रदीप नेपालले आइन्दा आफू तटस्थ बस्ने जानकारी दिएका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् माधव नेपालसँग सम्बन्ध तोडेको औपचारिक घोषणा गरेका उनले केन्द्रबिन्दुसँग कुराकानी गर्दै केपी शर्मा ओलीको दास बनेर एमालेमा नफर्कने स्पष्ट पारे।
‘केपी ओलीमा जस्तो अहँकार र छलछाम देखियो, माधव नेपाल पनि उस्तै झेली देखिए,’ नेपालले केन्द्रबिन्दुसँग भने, ‘त्यही भएर मैले माधव र ओली कोहीसँग पनि नलागी तटस्थ बस्ने निर्णय गरेको हुँ।’ ओलीको नेतृत्व रहुन्जेल एमालेमा नजाने उनले बताए।
प्रदीप नेपाल भदौ ९ गते माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी गठनका लागि निर्वाचन आयोगमा सनाखत गर्न पुगेका थिए। त्यसलगत्तै माधव नेपालले एकीकृत समाजवादीको निर्देशक सिद्धान्त ‘जनता बहुदलीय समाजवाद’ अंगीकार गरेपछि प्रदीप रुष्ट बनेका थिए। पार्टीको निर्देशक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) हुनुपर्ने भन्दै उनले माधवको ध्यानाकर्षण गराएका थिए।
प्रदीप नेपालले एकीकृत समाजवाद त्यागेको जानकारी गराउँदै फेसबुकमा लेखेको स्टाटसः































प्रतिक्रिया