डा. गोविन्द केसीसँगको सम्झौता कार्यान्वयन गर्न समिति गठन

डा. गोविन्द केसीसँगको सम्झौता कार्यान्वयन गर्न समिति गठन

केन्द्रबिन्दु
0
Shares

सरकारले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीसँग गरेको पाँच बुँदे सहमति कार्यान्वयनका लागि समिति गठन गरेको छ। मन्त्रालयका १२ औं तहका प्रमुख विशेषज्ञ डा. दिपेन्द्ररमण सिंहको संयोजकत्वमा समिति गठन भएको हो। 

समितिमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र कानुन मन्त्रालयका सहसचिव सदस्य रहेका छन्। 

डा. केसीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ १ गते ५ बुँदे प्रतिबद्धता जनाएका थिए। डा. केसी ३ भदौबाट अनसन बस्ने तयारी गरे पनि सम्झौता पश्चात् अनसन स्थगित भएको थियो। 

सरकारले डा. केसीसँग स्वास्थ्य क्षेत्रमा देखिएका विकृति समाधान गर्ने प्रतिबद्धता जनाएको थियो।अन्नपूर्णबाट

Logo