‘साक्षर, प्रगतिशील र चेतन समाजको विकास’लाई प्राथमिकतामा राखेको एनसिसिएस कलेज स्नातक मात्रै नभई कक्षा ११ र १२ मा पनि अब्बल शैक्षिक संस्था हो।
सूचना प्रविधि अध्यापनमा ख्याति कमाएको नेसनल कलेज अफ कम्युटर स्टडिज (एनसिसिएस) ले एनसिसिएस हायर सेकेन्डरी स्कुल र नेसनल क्रियटिभ एजुकेसनल स्कुलमार्फत् कक्षा १२ सम्मको शिक्षा प्रवाह गरिरहेको छ।
बीस वर्षअघि स्थापना भई सीमित विषयमा मात्र अध्यापन गराउने यस संस्थाको नतिजा उत्कृष्ट रहेको पाइन्छ। ‘प्लस टु’ तहमा व्यवस्थापन मात्रै अध्यापन गराउने एनसिसिएसमा भर्ना हुन एसइइ परीक्षामा कम्तीमा ‘बी’ ग्रेड ल्याउनुपर्छ।
एनसिसिएसले ग्रेडिङ सिस्टममा आउनुअघि प्राप्त गरेको ९९ सय प्रतिशतसम्मको उत्तीर्ण दरले यो शैक्षिक संस्था अब्बल रहेको पुष्टि हुन्छ।
सुरुआती दिनमा थोरै विद्यार्थीबाट सुरु गरेको यो संस्था निरन्तर रुपमा विकास हुँदै जाँदा अहिले करिब २ हजार विद्यार्थी अध्ययनरत रहेको र उत्कृष्ट शैक्षिक नतिजा एउटा महत्वपूर्ण मापकका रूपमा रहेको एनसिसिएस कलेजका वरिष्ठ संयोजक रमेश मैनाली बताउँछन्।
उनी भन्छन्, ‘करिब ९५ प्रतिशतभन्दामाथिको उत्कृष्ट नतिजासहित अभिभावक तथा विद्यार्थीमाझ बजारमुखी शैक्षिक कार्यक्रम पस्कन सफल छौं।’
एनसिसिएस कलेजमा होटल म्यानेजमेन्ट आकर्षणको विषय हो। त्यसका लागि किचेन, बार, रेष्टुरेन्टलगायत पूर्वाधार तयार गरी शिक्षणपद्धतिलाई समयानुकूल परिवर्तन गरिँदै लगिएको छ।
दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत एनसिसिएसमा खेलकुद, प्रोजेक्ट कार्य, सांस्कृतिक कार्यक्रम र स्थलगत शैक्षिक भ्रमण नियमित पढाइबाहेकका मुख्य गतिविधि हुन्।
‘हामी ‘एक्स्ट्रा करिकुलर’ गतिविधि त गराउँछौँ। तर, हाम्रो प्राथमिकता भने ‘को–करिकुलर’ गतिविधिमै रहन्छ किनभने यस्ता गतिविधिले पाठ्यक्रमसँग विद्यार्थीलाई जोड्न महत्वपूर्ण भूमिका खेल्छन्,’ मैनालीले भने।
यस कलेजको आफ्नै पाँच रोपनी जग्गामा बनेको सुविधासम्पन्न भवन छन्। विद्यार्थीलाई सुविधा सम्पन्न कक्षाकोठा, पुस्तकालय, सेमिनार भवन, कम्प्युटर ल्याब आदि उपलब्ध छन्।
होटल म्यानेजमेन्टका लागि आफ्नै किचन, बार, रेष्टुरेन्ट, हाउस किपिङ रुमका साथै अतिरिक्त क्रियाकलापका लागि आफ्नै खेलमैदान र खेलकुद सामग्री उपलब्ध छन्।
यस कलेज कम्प्युटर टेक्नोलोजी बेस कलेज भएकाले मोर्डन टेक्नोलोजी र ट्रेडिसनल लर्निङसँगै जाने भएको हुनाले यो कलेज छनोट गरेको कलेजका विद्यार्थी बताउँछन्।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला































प्रतिक्रिया