आईपीएल : सनराइजर्स हैदराबादद्वारा चेन्नई सुपर किङ्स ७ रनले पराजित

आईपीएल : सनराइजर्स हैदराबादद्वारा चेन्नई सुपर किङ्स ७ रनले पराजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

इण्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्सलाई ७ रनले पराजित गरेको छ ।

यो सँगै हैदराबादले जारी सिजनमा दोस्रो जित दर्ता गरेको छ । गए राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई हैदराबादले ७ रनले पराजित गर्दै जित निकालेको हो ।

हैदराबादले दिएको १६५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १५७ रन मात्रै बनाएको थियो । रबिन्द्र जडेजाले ५० रनको अर्धशतकीय पारी खेले पनि चेन्नईले जित हात पार्न भने सकेन । कप्तान महेन्द्र सिंह धोनीले अविजित ४७, फाप डु प्लेसिसले २२ रन बनाए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

Logo