राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ पारित गरेको छ ।
समितिको बुधबार बसेको बैठकले उक्त विधेयक, २०७६ पारित गरेको हो ।
समिति सभापति परशु राम मेघी गुरुङले विधेयक समितिले सर्वसम्मत् पास गरेको जानकारी दिए ।
उनले सो विधेयकले विकास निर्माणका कामका नीति तथा योजना बनाउन, योजनालाई कार्यान्वयन गर्न तथा जवाफदेही बनाउन तथा सम्बन्धित निकायलाई जवाफदेहिता र उत्तरदायित्व बहन गर्न भूमिका खेल्ने बताए ।
गुरुङले आगामी दिनमा विकास निर्माणका आयोजनाहरु अलपत्र हुने, अनियमितता हुने कुराबाट जोगाउने आशयसहितको व्यवस्था विधेयकमा भएको पनि उल्लेख गरे ।































प्रतिक्रिया