आजकाे माैसमः वाग्मती र गण्डकीमा भारी वर्षा हुने

आजकाे माैसमः वाग्मती र गण्डकीमा भारी वर्षा हुने

केन्द्रबिन्दु
0
Shares

आज माैसम प्रतिकूल रहने छ। नेपालमा मनसुनी वायुका कारण बिहान प्रदेश १ का धेरै र प्रदेश २, वाग्मतीका केही स्थानमा वर्षा भइरहेको छ।

दिउँसो मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ का एक-दुई स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले उल्लेख गरेकाे छ। 

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

शुक्रबार दिउँसाे प्रदेश १ र गण्डकी प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। शुक्रबार राति केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

Skip This
Skip This
Logo