साविक विजेता नोआमी ओसाका युएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेकी छिन्। तेस्रो वरियताकी ओसाका सर्बियाकी ओल्गा डानिलोभिचबाट वाकओभर पाउँदै तेस्रो चरणमा पुगेकी हुन्। मेडिकलको कारण देखाउँदै सर्बियन खेलाडीले नाम फिर्ता लिएकी थिइन्।
महिलातर्फ नै पूर्व विश्व नम्बर एक सिमोना हालेप तेस्रो चरणमा प्रवेश गरेकी छिन्। रोमानियाकी हालेपले स्लोभाकियाकी क्रिस्टिना कुकोभालाई पराजित गरिन्। हालेपले क्रिस्टिना माथिलाई ६–३ र ६–१ को सेटमा जीत निकालिन्।
यस्तै पुरुषतर्फ ग्रीसका स्टेफानोस सिसेपस पनि युएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन्। बिहीबार भएको खेलमा फ्रान्सका एड्रिन मान्नारिनोलाई पराजित गर्दै स्टेफानोसले तेस्रो चरणमा स्थान पक्का गरेका हुन्। तेस्रो वरीयताका स्टेफानोसले एड्रिनमाथि ६–३,६–४,६–७ (४–७) र ६–० को सेटमा पराजित गरे।
अब स्टेफानोसले स्पेनका कार्लोस गार्फियासँग खेल्ने छन्। पुरुषतर्फ नै रुसका डानियल मेदभेदेबले पनि तेस्रो चरणमा स्थान बनाएका छन्।





























प्रतिक्रिया