शिक्षाको विकासबिना राष्ट्रको समृद्धि सम्भव छैन : योगेश भट्टराई

शिक्षाको विकासबिना राष्ट्रको समृद्धि सम्भव छैन : योगेश भट्टराई

केन्द्रबिन्दु
0
Shares

पूर्वमन्त्री तथा ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले शिक्षा क्षेत्रमा लगानी बढाउन स्थानीय तहलाई सुझाव दिएका छन् । शुक्रबार जिल्ला समन्वय समिति ताप्लेजुङले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले शिक्षा क्षेत्रमा लगानी बढाउन स्थानीय तहहरूलाई आग्रह गरेका हुन् ।

पछिल्लो समय सडक र भवनजस्ता भौतिक पूर्वाधारतर्फका योजनामा मात्र जनप्रतिनिधिको ध्यान केन्द्रित भएको बताउँदै उनले शिक्षाको विकासबिना राष्ट्रको समृद्धि सम्भव नभएको बताए । समग्र शिक्षा क्षेत्रमा लगानी गर्नुका साथै समय सापेक्ष प्राविधिक शिक्षामा समेत ध्यान दिनुपर्ने उनको धारणा थियो ।

शिक्षा क्षेत्रमा गरिएको लगानीबाट हुने उत्पादनले पूर्वाधारसहित सबै क्षेत्रको विकासमा टेवा पुग्ने नेता भट्टराईले बताए । त्यसैले शिक्षा क्षेत्रमा लगानी बढाउन कन्जुस्याइँ गर्न नुहने उनको धारणा थियो ।

यस्तै स्थानीय तहका जनप्रतिनिधि जनताप्रति बढी उत्तरदायी हुनुपर्ने समेत उनको जोड थियो । स्थानीय सरकारलाई संघीयता कार्यान्वयनको महत्वपूर्ण जिम्मा रहेको र जनताको सबैभन्दा नजिकको सरकार भएकाले पनि जनताप्रति बढी उत्तरदायी हुनुपर्ने नेता भट्टराईले बताए । न्युज कारखाना । 

Logo