ब्रिटीशबाट स्वाजिल्याण्ड स्वतन्त्र
सन् १९६८ मा हालको बेलायतबाट स्वाजिल्याण्डले स्वतन्त्रता पाएको थियो । दक्षिण अफ्रिकी मुलुक स्वाजिल्याण्ड सन् १९०२ देखि ब्रिटीशको उपनिवेश थियो । ६ सेप्टेम्बरमा स्वतन्त्र भएपछि तत्कालिन राजा सोभुजा स्वाजिल्याण्डको राजा बनेका थिए । उनका छोरा मस्वाती तृतीयले अहिले त्यहाँ शासन चलाइरहेका छन् ।
मतदान पहिलो अमेरिकी महिला
सन् १८७० मा अमेरिकी इतिहासमा पहिलोपटक एक महिलाले मतदान गरेकी थिइन् । वायोमिङ राज्यको मतदानमा लुइसा एन स्वेनले पहिलो पटक सहभागीता जनाएकी थिइन् । सन् १९२० सम्म अमेरिकामा महिलालाइ मतदान अधिकार नभए पनि वायोमिङका तत्कालिन गभर्नर जोन ए क्याम्पबेलले सन् १८६९ को १३ डिसेम्बरमा एउटा विद्येयकमा हस्ताक्षर गरेका थिए, जसले महिलालाई मतदान अधिकार दिएको थियो । विद्येयकले स्थानीय र राज्य तहको निर्वाचनमा मात्र मतदान अधिकार दिएको थियो ।
इजेरलद्धारा सिरियामा हमला
युद्धग्रस्त सिरियाको देर इल–जोर क्षेत्रमा शंकास्पद आणविक गतिविधि देखिएको भन्दै सन् २००७ को ६ सेप्टेम्बरमा इजरेलले सिरियामाथि हवाइ हमला गरेको थियो । इजरेली सेनाले गरेको सो हमलामा सर्वसाधरणसहित दर्जनौको मृत्यु भएको थियो ।
सुआई चर्च नरसंहार
इस्ट टिमोरको एउटा चर्चमा शरण लिएका दुई सयभन्दा बढी मानिसलाइ इन्डोनेसियाली लडाकूहरुले आक्रमण गरी हत्या गरिदिएका थिए । जनमतसंग्रहको परिणामपछि असन्तुष्ट समूहले सो नरसंहार मच्चाएका थिए । न्युज कारखाना।





























प्रतिक्रिया