नेकपा सचिवालय बैठक भोलि बस्दै

नेकपा सचिवालय बैठक भोलि बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक शनिबार बस्ने भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भएको भेटवार्ता पछि शनिबारका लागि सचिवालय बैठक बस्ने भएको हो ।

बालुवाटार निकट स्रोतका अनुसार सचिवालय बैठक शनिबार दिउँसो ४ बजे बस्नेछ । बिहीबार सरकारले राजनीतिक नियुक्ति गरेको थियो । जसमध्ये मुख्यसचिवमा शंकरदास वैरागी, अमेरिककाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा र बेलायतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी रहेका थिए ।

सरकारले राजनीतिक नियुक्ति गर्दा पार्टीसँग घनिभूत छलफल नगरी नियुक्त गरेकाले पार्टीभित्र असन्तुष्टि रहेको छ । सोही असन्तुष्टि साम्य पार्न भोलि सचिवालय बैठक बस्न लागेको जनाइएको छ ।

Skip This
Skip This
Logo